• २०८१ बैशाख २० बिहीबार

श्रीलङ्कामा कफ्र्यु आदेश जारी

kharibot

कोलम्बो । श्रीलङ्काको मध्य भागमा पर्ने रामबुक्कानामा बुधबार कफ्र्यु लगाइएको छ ।

सरकार विरोधी आन्दोलनका क्रममा मङ्गलबार एक व्यक्तिको मृत्यु भएपछि त्यसको भोलिपल्ट कफ्र्यु लगाइएको हो ।

आन्दोलन थप चर्किने देखिएकाले सरकारले शान्ति सुरक्षा कायम गर्न भन्दै कफ्र्यु लागाउनु परेको जनाएको छ ।

घटनाका बारेमा निश्पक्ष छानविन गरी सत्य तथ्य पत्ता लगाइ दोषीलाई कारबाही गरिने सरकारी अधिकारीहरुले प्रतिबद्धता जनाएका छन् ।
 
आर्थिक सङ्कटका कारण मुलुकमा अभाव र मूल्य बृद्धि भएकाले त्यसलाई न्युनिकरण गर्न माग गर्दै आम नागरिकले आन्दोलन गर्दै आएका छन् ।

आन्दोलनकारीहरुले समस्या समाधानका लागि राष्ट्रपति गोटावाय राजापाक्षले पदबाट राजीनामा दिनुपर्ने माग राखेका छन् ।

मुलुकमा आर्थिक सङ्कट उत्पन्न हुनु, महङ्गी बढ्नु र बस्तु तथा सेवाहरुको अभाव हुनुमा राष्ट्रपति नै दोषी रहेको उनीहरुको दाबी छ ।

आर्थिक अभावका कारण कतिपय अत्यवश्यक सेवा तथा बस्तु समेत अभाव हुन थालेको स्थानीय बासिन्दाले बताएका छन् । 

सरकारी अधिकारीहरुले नै कतिपय औषधी, अत्यावश्यक अन्य विभिन्न सामानहरुको अभाव भएको जनाएका छन् छ भने दैनिक लामो समय विद्युत कटौती समेत भएको छ ।

आर्थिक सङ्कटका कारण आन्दोलन सुरु भएपछि राजनीतिक सङ्कट समेत उत्पन्न भएको छ ।

राजधानी काठमाडौदेखि ९५ किलोमिटर टाढा पर्ने रामबुक्कानामा भएको आन्दोलनकारी र सरकारी सुरक्षाकर्मीहरुको झडपका क्रममा २९ जना घाइते भएका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै