गिद्ध, रेडपाण्डा र चिरकालिजको संरक्षणमा जोड

खरीबोट

फाइल तस्बिर

ad

जाजरकोट । गिद्ध र रेडपाण्डाको संरक्षणमा गम्भीर हुनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । 

जाजरकोटका सबै स्थानीय तहले गिद्ध र रेडपाण्डा संरक्षणका लागि बजेट विनियोजन नगर्दा संरक्षणका लागि काम गर्न समस्या भएको पक्षी संरक्षणमा लागेका गोविन्द सिंहले बताए । 

जाजरकोटको बारेकोट गाउँपालिका र नलगाड नगरपालिकामा सबैभन्दा बढी गिद्ध र रेडपाण्डा पाइन्छ । विश्वमै लोपोन्मुख प्रजातिका सुन गिद्ध, रेडपाण्डा र चिरकालिज जाजरकोटमै पाइन्छ । जाजरकोटमा पाइने यी लोपोन्मुख प्रजातिको संरक्षणमा स्थानीय सरकार गम्भीर बन्न नसकेकोमा सिंहले दुःख व्यक्त गरे । 

पर्याप्त जनचेतना नहुँदा चिरकालिज, रेडपाण्डा र गिद्धलाई जथाभावी मार्ने काम भइरहेको छ । चिरकालिजको चोरी, सिकारी, गिद्धलाई विष हालेर र रेडपाण्डाको महत्व नबुझी मार्ने गरिएको छ । 

यसको संरक्षणका लागि जिल्लामा व्यापक जनचेतना अभियान सञ्चालन गर्नुपर्छ, संरक्षकर्मी सिंहले भने — ‘विश्वमै लोपोन्मुख प्रजातिका सुन गिद्ध, रेडपाण्डा र चिरकालिजको संरक्षणमा स्थानीय तह गम्भीर हुनुपर्छ ।’

सम्बन्धित समाचार

जनप्रतिनिधिकै घरमा स्थानीय सरकार

जाजरकोट / यहाँका जनप्रतिनिधिले सदरमुकाममा रहेका आफ्नै घरमा स्थानीय सरकार चलाएका छन् ।  आफ्नै घरमा चलाएका कार्यालयको पनि आवास खर्चस्वरुप रकम झुक्तानी लिने गरेको पाइएको छ । जिल्लाको बारेकोट गाउँपालिकाले सदरमुकाममा

काठमाडौँबाट जाजरकोट जाँदै गरेको बसमा एक व्यक्ति मृत फेला

सुर्खेत। काठमाडौँबाट जाजरकोट जाँदै गरेको ना.४.ख ८१२० नंको बसमा एक व्यक्ति मृत फेला परेका छन् । मृतक आठबिसकोट नगरपालिका–३ रुकुमका ४० वर्षीय नरेन्द्र बोहोरा रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता

पहिरोको उच्च जोखिममा जाजरकोट सदरमुकाम

जाजरकोट। लगातारको भारी वर्षाका कारण यहाँका दर्जन बढी बस्ती जोखिममा परेका छन् । वातारणीय प्रभाव मूल्यांकन नगरी निर्माण गरिएका सडकका कारण यहाँका बस्ती जोखिममा परेका हुन् ।  जाजरकोट–डोल्पा सडक भत्किएपछि भेरी

कानूनमन्त्री नेतृत्वको टोली जाजरकोटमा

सुर्खेत / कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी नेतृत्वको टोली आज पहिरो प्रभावित क्षेत्र जाजरकोट गएको छ । आइतबार जाजरकोटमा पहिरो जाँदा नौ जनाको मृत्यु भएको थियो