• २०८१ बैशाख १५ शनिबार

२०७४ सालको निर्वाचनमा स्थानीय तहमा कुन दलले कति स्थान जितेका थिए ?

kharibot

काठमाडौँ । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि मनोनयन दर्ता सम्पन्न भएको छ । आइतबार र सोमबार सम्पन्न मनोनयन दर्तामा ३५ हजार २२१ पदका लागि एक लाख ५० हजारभन्दा बढीले मनोनयन दर्ता गरेका छन् ।

यस निर्वाचनमा देशभरका ७५३ स्थानीय तहमा ३५ हजार २२१ पदका लागि निर्वाचन हुदै छ ।

जसमा ६ महानगर, ११ उपमहानगर, २७६ नगरपालिका र ४६० गाउँपालिकाको नेतृत्वको लागि निर्वाचन हुन लागेको हो ।

त्यस्तै ७५३ स्थानीय तहका ६ हजार ७४३ वडा अध्यक्ष निर्वाचन हुने छन् भने त्यतिनै संख्यामा वडा महिला सदस्य निर्वाचित हुने छन् ।

त्यस्तै  ६ हजार ७४३ नै वडा दलित महिला सदस्य निर्वाचित हुने छन् भने १३ हजार ४८६ अन्य वडा सदस्य निर्वाचित हुने छन् ।

२०७४ सालको निर्वाचनमा कुन दलले कति स्थान जितेका थिए 

२०७४ सालको निर्वाचनमा सबैभन्दा धेरै स्थानमा नेकपा एमालेले जितेको थियो ।

एमालेले कुल १४ हजार ९९ पदमा जित हासिल गरेको थियो । त्यस्तै नेपाली काँग्रेसले ११ हजार ४५६ पदमा जित हासिल गरेको थियो भने माओवादी केन्द्रले ५ हजार ४४१ पदमा जितेको थियो । त्यस्तै तत्कालिन संघीय समाजवादी फोरमले एक हजार ४४१ र राष्ट्रिय जनता पार्टीले एक हजार १११ पदमा जित हासिल गरेको थियो ।

दलहरुले जितेको विवरण:

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै