• २०८१ बैशाख २० बिहीबार

लमजुङमा बहुविवाह मुद्दाका फरार अभियुक्त पक्राउ

kharibot

लमजुङ । लमजुङ प्रहरीले बहुविवाह मुद्दामा कैद फैसला सुनाइएका एक फरार अभियुक्तलाई पक्राउ गरेको छ ।

प्रहरीले मर्स्याङ्दी गाउँपालिका-७ बस्ने वर्ष ४६ का शेरबहादुर अधिकारीलाई पक्राउ गरेको हो । 

अधिकारीमाथि जिल्ला प्रहरी कार्यालय लमजुङमा २०७६ साउन २ गते बहुविवाह कसुरमा मुद्दा दर्ता भएको थियो ।

अधिकारीलाई ११ महिना १० दिन कैदमा बस्नु पर्ने गरी २०७७ पुस ३ गते जिल्ला अदालत लमजुङबाट मुद्दा फैसला सुनाइएको थियो ।

अधिकारीलाई बिहीबार सदरमुकाम बेसीशहरबाट पक्राउ गरी जिल्ला अदालत लमजुङमा पेस गरी कैद भुक्तान गर्नको लागि कारागार चलान गरिएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै