• २०८१ बैशाख १५ शनिबार

संसद्मा पोर्नोग्राफी हेर्ने बेलायती सांसदले दिए राजीनामा

kharibot

काठमाडौँ । बेलायतमा संसद्मा अश्लील सामग्री हेरेको आरोपपछि प्रधानमन्त्री बोरिस जोन्सनको कन्जरभेटिभ पार्टीका सांसद निल पेरिशले अन्ततः पदबाट राजीनामा दिएका छन् ।

६५ वर्षीय पेरिशले ‘पागलपनको क्षण’का लागि माफीसमेत मागेका छन् । आफूले संसद्मा दुई पटक अश्लील सामाग्री हेरेको उनले स्वीकारेका छन् । 

यसअघि उनले घटनाप्रति स्वीकार गर्ने संकेत गरेका थिए । आफ्नो फोनमा भूलबश भिडियो खुलेको हुन सक्ने उनको भनाई थियो । सदनमा पोर्नोग्राफी हेरेको आरोप दुई महिला सहकर्मीले  सांसदमाथि आरोप लगाएका थिए ।  

उनीहरूले आफ्नो नजिकै बसेर पेरिशले वयस्क सामग्री हेरिरहेको गुनासो गरेका थिए । यस विषयमा अनुसन्धान सुरु गरिएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै