• २०८१ बैशाख १५ शनिबार

सर्बोच्च बारको प्रतिनिधिमण्डल र कामु प्रधानन्यायाधीशबीच छलफल

kharibot

काठमाडौँ । सर्वोच्च अदालत बारले कामु प्रन्या दिपक कुमार कार्कीसँग भेटवार्ता गरेको छ । सर्बोच्च बारको प्रतिनिधिमण्डलले बुधबार कामु प्रधानन्यायाधीश दिपक कुमार कार्कीसँग भेटगरि समसामयिक विषयमा छलफल गरेको हो ।

छलफल न्यायाधीश नियुक्तिमा गुणस्तरीय मानिसमात्रै ल्याउने, कानुन मन्त्रीको संयोजकत्वमा न्यायाधीश नियुक्ति निर्देशिका तयार हुंदै गरेको जानकारी कामु प्रधानन्यायाधीश कार्कीले दिएको सर्वोच्च बार एशोसियसन कार्यसमितिका सदस्य अधिवक्ता अनन्तराज लुइँटेलले खरीबोटलाई दिएका छन् । 

कार्कीले पहिलाको जस्तो नियुक्ति अब नहुने बताउदै गोला प्रथामाथि प्रश्न नउठाउन आग्रह गरेका थिए । उनले अटोमेसनको तयारी भइरहेको र हेर्न नमिल्ने लगायतका प्रशासनिक विषयमा न्यायाधीश तिलप्रसाद श्रेष्ठको संयोजकत्वमा समिति गठन भएको समेत जानकारी गराएका थिए ।

हाल वरिष्ठ न्यायाधिशको विषयमा भने न्यायाधीशहरुबीच अझै छलफल जारी रहको उनले बताएका थिए ।

साथै यो विषय जेठ ६ मा पुनः फूलकोर्टमा राखिने जानकारी दिएको लुइँटेलले बताएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै