• २०८१ बैशाख १५ शनिबार

केशव स्थापितलाई निर्वाचन आयोगले फेरी सोध्यो २४ घन्टे स्पष्टीकरण

kharibot

काठमाडौँ । काठमाडौं महानगरपालिकाको मेयरमा एमालेका उम्मेदवार केशव स्थापितलाई निर्वाचन आयोगले  २४ घन्टे स्पष्टीकरण सोधेको छ । बिहीबार काठमाडौंका मेयरका अर्का प्रत्याशी बालेन साहबारे गरेको टिप्पणीबारे स्थापितलाई स्पष्टीकरण सोधेको आयोगले जानकारी दिएको हो । 

स्थापितको अभिव्यक्ति निर्वाचन आचारसंहिता २०७८ अनुकुल नभएको आयोगले जनाएको छ । आयोगले भनेको छ- 'नेपाल कम्युनिस्ट पार्टी एकीकृत माक्र्सवाद, लेनिवादको तर्फबाट काठमाडौं महानगरपालिकाको प्रमुख पदको उम्मेदवार केशव स्थापितले सोही महानगरमा प्रतिस्पर्धी उम्मेदवार रहनुभएको बालेन साहको विषयमा दिनुभएको अभिव्यक्ति निर्वाचन आचारसंहिता २०७८ अनुकुल नभएकोले सो विषयमा आधार कारणसहित २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न आयोगले निर्देशन दिएको छ ।’

स्थापितले केहि दिन अघि एक कार्यक्रममा बालेन शाहलाई 'अन्तर्राष्ट्रिय ठग' भन्दै आपत्तिजनक टिप्पणी गरेका थिए ।

स्थापितलाई यसअघि काठमाडौंको एक कलेजसहित विभिन्न ठाउँमा मेयरका उम्मेदवार स्थापितले दिएका अभिव्यक्तिले आचारसंहिता उल्लंघन गरेको उजुरी आएको भन्दै निर्वाचनले २४ घण्टे स्पष्टीकरण सोधेको थियो ।


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै