• २०८१ बैशाख २० बिहीबार

भारोत्तोलन खेलाडी सन्जु चौधरी मृत फेला

kharibot

काठमाडौं । भारोत्तोलनकी राष्ट्रिय खेलाडी सन्जु चौधरी झुण्डिएको अवस्थामा मृत फेला परेकी छन् । जिल्ला प्रहरी परिसर, ललितपुरले उनी बिहान साढे ६ बजे कोठाभित्र झुण्डिएको अवस्थामा फेला परेको बताएको छ ।

प्रारम्भिक तथ्य हेर्दा चौधरीले आत्महत्या गरेको हुनसक्ने प्रहरीले आशंका गरेको छ । प्रहरीले घटनास्थलमा कुनै सुसाइड नोट नभेटिएको बताएको छ ।

सन् २०१९ को डिसेम्बरमा नेपालमा आयोजित १३ औं दक्षिण एसियाली खेलकुदमा सञ्जुले ऐतिहासिक स्वर्ण पदक जितेकी थिइन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै