काठमाडौँ । काभ्रेको चौरीदेउराली गाउँपालिकामा मतदानको क्रममा विवाद उत्पन्न भएको छ । विवाद भएपछि अहिल सर्वदलीय बैठक बसिरहेको काभ्रेका प्रहरी उपरीक्षक चक्रराज जोशीले बताए ।
उनका अनुसार बैठकबाट विवाद निरुपण हुने र त्यसपछि निर्वाचन हुने जानकारी दिए ।
'अघि एकछिन विवाद भयो । त्यस्तो केही भएन । अहिले सर्वदीय बैठक बसिरहेको छ । केहीबेरदेखि फेरि मतदान हुन्छ', उनले भने ।
एक जना मतदाताले परिवारकै अर्का मतदाताको मत हालेपछि विवाद भएको हो ।