• २०८१ बैशाख १४ शुक्रबार

दार्चुलाको अपिहिमाल गाउँपालिकामा माओवादी केन्द्र विजयी

kharibot

काठमाडौं । दार्चुलाको अपिहिमाल गाउँपालिकाको अध्यक्ष पद माओवादी केन्द्रले जितेको छ ।

गठबन्धनबाट उमेदवार बनेका माओवादी केन्द्रका उम्मेदवार भगतसिंह ठेकरेले २ हजार ३०४ मत पाएका छन् । त्यस्तै एमालेका धर्मानन्द मन्यालले भने १ हजार ३८५ मत पाए । 

त्यस्तै, उपाध्यक्षमा गठबन्धनबाटै नेपाली कांग्रेसकी देवकी ठेकरे विजयी भएकी छिन् । उनले २ हजार २७ मत पाएकी छिन् । पराजित उर्मिला बोहराले भने १ हजार ३९१ मत पाएकी छन् । 

६ वडा रहेको यस गाउँपालिकामा काँग्रेस र माओवादी केन्द्रले ३-३ वडाअध्यक्ष जितेका छन्  ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै