• २०८१ बैशाख १८ मंगलबार

फेलिक्सको गोलमा बार्सिलोना विजयी

kharibot

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले काडिजलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा बार्सिलोनाले काडिजलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा खेलको ३७औ मिनेटमा जोआओं फेलिक्सले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

यो जितपछि बार्सिलोनाको ३१ खेलमा ७० अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । लिगमा बार्सिलोना शिर्ष स्थानमा रहेको रियल म्याड्रिडभन्दा स्पष्ट ८ अंकले पछाडी रहेको छ ।

त्यसैगरी काडिजको भने ३१ खेलमा २५ अंक रहेको छ र लिगमा १८औं स्थानमा रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै