• २०८१ बैशाख २६ बुधबार

सुन्दरताको लागि एलोभेराको प्रयोग : फाइदै फाइदा !

kharibot

तपाईको अनुहारमा छालाको समस्या छ भने एलोभेरा एउटा राम्रो प्राकृतिक उपाय बन्न सक्छ ।

तपाईको अनुहार बढि उमेरको जस्तो देखिने समस्या छ भने अहिलेदेखि नै एलोभेराको प्रयोग गर्न आवश्यक छ । साथै तपाईको अनुहारमा भएको दाग धब्बा हटाउने, पिंपल्स हटाउने, घामले डढेको जस्ता समस्याको लागि प्रभावकारी हुन सक्छ ।

छालाको सुन्दरताको लागि एलोभेराको फाइदाहरु

रिङ्कल्स
एलोभेरामा एन्टी अक्सिडेट्स धेरै मात्रामा पाइन्छ । यसले छालामा रेशाहरुलाई राम्रोसँग  सफा गर्न मदत गर्छ । यो एउटा प्राकृतिक एंटी एजिंग प्रोडक्ट  हो । 

निखारताको लागि 
एलोभेरा धेरै राम्रो क्लींजर  हुन्छ । यसले छालाको माथिल्लो सतहमा कोशिकाहरुलाई राम्रो सँग सफा गर्ने काम गदर्छ । जसले अनुहारमा निखारता ल्याउछ । एलोभेराको जेल प्रयोग गर्दा राम्रो हुन्छ । 

छालाको लागि लाभदायक 
एलोभेराले छालालाई पोषण दिने काम गर्दछ । यो एकदमै राम्रो मोश्चराइजर हो । कुनै पनि किसिमको छाला भएको मानिसले यसको प्रयोग गर्न सक्नुहुन्छ । 

दाग धब्बालाई हटाउँछ 

तपाईको अनुहारमा दाग छ भने एलोभेराको नियमित प्रयोग फाइदाजनक हुन्छ ।  यसको नियमित प्रयोगले अनुहारको कालो दाग धब्बा हटाउन मद्दत गर्न सक्छ । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै