भरतपुरमा रेनुको अग्रता बढ्यो, विजयभन्दा २१९८ मतले अगाडी
खरीबोट
२०७९ जेठ ४ बुधबार
चितवन । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा गठबन्धनबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी रेनु दाहालले लगातार अग्रता बढाएकी छन् ।
पछिल्लो अपडेट अनुसार रेनु दाहालले २१९८ मतको अग्रता बनाएकी छन् । रेनुले ११७१६ मत पाएकी छन् भने एमालेबाट उम्मेदवार बनेका विजयी सुबेदीले ९५१८ मत पाएका छन् ।
त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ५१४७ मत ल्याएका छन् ।
यसैगरी उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले १३८१२ मत ल्याएर अगाडी छन् भने राप्रपाकी हिमला गुरुङले ७७२८ मत ल्याएकी छन् ।
अहिलेसम्म ६ वडाको मत गणना सकिदा नेपाली काँग्रेसले ५ वडामा जित हासिल गरेको छ भने नेकपा एमालेले एक वडामा जितेको छ । काँग्रेसले वडा नम्बर १,२, ४, ५ र ६ जितेको छ भने एमालेले वडा नम्बर ३ मा जितेको छ ।
अहिले यस महानगरको वडा नम्बर ७ को मतगणना भइरहेको निर्वाचन कार्यालयले जनाएको छ । यो वडा स्वतन्त्र उम्मेदवार पौडेलको वडा हो ।