• २०८१ बैशाख २२ शनिबार

अलग भए जेरार्ड पिके र शाकिरा !

kharibot

काठमाडौँ । स्पेनिस फुटबल लिजेन्ड जेरार्ड पिके र उनकी पत्नी कोलम्बियाली पप गायिका शकिरा अलग हुने निर्णय गरेकी छन् । शकिराले पिकेमाथि अर्की महिलासँग सम्बन्ध रहेको र आफूलाई धोका दिएको आरोप लगाएर अलग भएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

पिके र शकिरा सन् २०१० मा दक्षिण अफ्रिकामा भएको विश्वकपदेखि नै सम्बन्धमा थिए । त्यसपछि दुवै फुटबल गीत ‘वाका-वाका’ मा पनि सँगै देखिएका थिए । शाकिरा बाहेक पिके हाल बार्सिलोनाको क्याल मुन्टानेरमा एक्लै बस्दै आएका छन् । स्पेनिस पत्रिका एल पेरियोडिकोका अनुसार पिकेका छिमेकीहरूले उनलाई घरभित्र र बाहिर धेरै पटक देखेका छन् । यसका साथै उनले बार्सिलोनाको नाइट लाइफ पनि निकै रमाइलो गरिरहेका छन् ।

रिपोर्टमा पिके र शकिरा एउटै घरमा नबस्ने कारण पनि बताइएको छ । शकिराले स्पेनिस फुटबलरलाई अर्की महिलासँगको सम्बन्धमा रंगेहात समातेको बताइएको छ । त्यसैले दुवैले केही समयको लागि दुरी बनाएका छन् ।

बार्सिलोनाबाट खेल्ने ३५ वर्षीय डिफेन्डर पिके लामो समयदेखि क्लबका मुख्य डिफेन्डरको सूचीबाट समेत बाहिर छन् । उनलाई ओपनिङ प्लेइङ–११ मा पनि प्राथमिकताका साथ स्थान दिइएको छैन । क्लबका प्रबन्धक जाभी हर्नान्डेजले रोनाल्ड अराउजो र एरिक गार्सियालाई ला लिगामा पिकेको सट्टा खेलाउने गरेका छन् ।

पिकेले २०२१-२२ मा बार्सिलोनाका लागि सबै प्रकारका प्रतियोगिताहरूसहित ४१ खेल खेलेका छन् । पिके र शाकिराले विवाह गरेका छैनन् र उनीहरुको उमेरमा पनि १० वर्षको अन्तर छ । पिके शकिराभन्दा १० वर्ष कान्छा छन् । उनीहरूका दुई छोरा पनि छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै