• २०८१ बैशाख १५ शनिबार

सिमरा विमानस्थलको दैनिक उडान सेवा समयमा कटौती

kharibot

बारा । बाराको सिमरा विमानस्थलबाट यही जेठ २४ गते देखि असार १३ गते सम्म उडान बन्द हुने भएको छ । 

वर्षौंदेखि जीर्ण अवस्थामा रहेको सिमरा विमानस्थल मर्मत तथा सम्भारका लागि  दैनिक उडानको समय कटौती गरिएको सिमरा विमानस्थलले जनाएको छ । 

विमानस्थलमा पिचिंग र कालोपत्रेको काम गर्नु पर्ने भएको हुँदा यही जेठ २४ गते देखि असार १३ गते सम्म बिहान ६ बजे देखि ११ बजे सम्म मात्रै उडान हुँने सिमरा विमानस्थलका प्रमुख भुपेन्द्र भट्टले जानकारी दिए ।

भट्टका अनुसार २० दिन भित्र काम सक्ने गरी सप्तकोशी निर्माण सेवा कम्पनीले १५ करोडमा ठेक्का प्राप्त गरेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै