• २०८१ बैशाख २३ आइतबार

यु-१९ महिला टी-२० विश्वकप छनोट- नेपाललाई ६७ रनको लक्ष्य

kharibot

काठमाडौं । आईसीसी यु-१९ महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत तेस्रो खेलमा भुटानले नेपालसामू ६७ रनको लक्ष्य पाएको छ ।

मलेसियामा जारी खेलमा टस जितेर ब्याटिङमा आएको भुटानले निर्धारित २० ओभारमा नौ विकेट गुमाएर ६६ रनको योगफल तयार पारेको हो  ।

भुटानको लागि नगवाङ छोडन र साङ्य ए वाङमोले समान ११ रन जोडे । यसबाहेक अन्य ब्याटरले गतिलो योगदान दिन सकेनन् ।

नेपालका लागि अनु कडायत, मनिषाकुमारी उपाध्याय र कृतिका मरासिनीले समान दुई विकेट लिँदा स्नेहा महराले एक विकेट लिइन् ।

नेपालले पहिलो खेलमा कतारलाई ७९ रनले हराएको थियो । तर, दोस्रो खेलमा युएईसँग १० विकेटले पराजित भएको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै