काठमाडौँ । नेपाली काँग्रेस संसदीय दलको नेताका छान्नका लागि आज भएको मतदान सम्पन्न भएको छ । अन्तिममा सांसद प्रदीप गिरिले मतदान गरेपछि मतदान सकिएको हों ।
कूल २७५ सदस्यीय प्रतिनिधिसभामा काँग्रेसका प्रत्यक्ष निर्वाचित २३ र समानुपातिक ४० गरी ६३ जना सांसद छन् ।
आज १ बजेसम्मका लागि निर्वाचन अवधि तोकिए पनि त्यसअगावै निर्वाचन सम्पन्न भएको हो । निर्वाचनमा पार्टी सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री प्रकाशमान सिंहले उम्मेदवारी दिएका छन् ।
मतदान सकिएकाले अब मतगणना केहीबेरमै सुरु हुने निर्वाचन समितिले जानकारी दिएको छ ।