• २०८१ बैशाख २३ आइतबार

अन्तिम खेलमा नेपाल विजयी, यु-१९ विश्वकपमा छनौट हुन असफल

kharibot

काठमाडौं । आईसीसी यु-१९ महिला टी-२० विश्वकप एसिया छनोट अन्तर्गतको अन्तिम खेलमा नेपालले मलेसियालाई पराजित गरेको छ । विहिबार सम्पन्न खेलमा नेपालले मलेसियालाई २६ रनले पराजित गरेको हो ।

नेपालले दिएको ८७ रनको अल्क्ष्य पछाएको मलेसियाले २० ओभरमा ४ विकेट गुमाउदै ६१ रन मात्र बनाएको थियो ।

मलेसियाका लागि धनुश्री मुहूनानले सर्बाधिक २८ रन बनाएकी थिइन् भने अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका लागि कृतिका मरासिनीले २ र मनिषा उपाध्यायले एक विकेट लिएकी थिइन् । 

यस अघि नेपालले टस जितेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ७ विकेट गुमाउदै ८६ रन बनाएको थियो । नेपालका लागि अन्जली विश्वकर्माले सर्बाधिक ३३ र आश्मा पुलामी मगरले २६ रन बनाएकी थिइन् । नेपालका अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेका थिएनन् ।

योसँगै नेपाल विश्वकपमा छनौट हुने सम्भावना भने सकिएको छ । नेपालले ५ खेलमा ३ जित र २ हारसहित ६ अंक बटुलेको छ । 

६ राष्ट्र सहभागी प्रतियोगिताको शीर्ष स्थानमा रहने टिमले अर्को वर्ष दक्षिण अफ्रिकामा हुने विश्वकपमा स्थान बनाउने छ । प्रतियोगितामा नेपालसँगै मलेसिया, संयुक्त अरब इमिरेट्स (यूएई), थाइल्यान्ड, भुटान र कतार सहभागी छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै