• २०८१ बैशाख २८ शुक्रबार

नेसन्स लिग- इङल्याण्ड र इटालीको बराबरी, हंगेरीले जर्मनीलाई रोक्यो

kharibot

काठमाडौं । यूइएफए नेसन्स लिग फुटबलअन्तर्गत शनिबार राति भएको खेलमा इंग्ल्यान्ड र इटालीले गोलरहित बराबरी खेल्दा जर्मनी बराबरीमा रोकिएको छ ।

समूह ए को तेस्रो खेलमा दुबै टोलीले गोलरहित बराबरी खेल्दै अंक बाढे । खराव प्रदर्शनबाट गुज्रिरहेको इंग्ल्यान्ड घरेलु मैदानमा पाएको मौका सदुपयोग गर्न नसक्दा बराबरीमा रोकियो । 

यता, अर्को खेलमा जर्मनी हंगेरीसँग १–१ गोलको बराबरीमा रोकियो । खेलको छैटौ मिनेटमा जिसोल्ट नाग्यले गोल गर्दै घरेलु टोली हंगेरीलाई अग्रता दिलाए । भ्रमणकारी टोली जर्मनीका लागि नवौँ मिनेटमा जोनास होफम्यानले बराबरी गोल गरे । 

खेलसँगै कतार विश्वकप २०२२ बाट बाहिरिएको इटाली तीन खेलबाट ५ अंक बनाउँदै शीर्षस्थानमा छ । ४ अंकको हंगेरी दोस्रो स्थानमा रहँदा जर्मनी ३ अंक सहित तेस्रो र २ अंकको इंग्ल्याण्ड पुछारमा छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै