• २०८३ बैशाख ४ शुक्रबार

श्रीलंकामा इन्धन संकट बढ्यो, साप्ताहिक कोटा लागु हुदै

श्रीलंकामा इन्धन संकट बढ्यो, साप्ताहिक कोटा लागु हुदै

काठमाडौँ । श्रीलंकामा पेट्रोलियम संकट गहिरिएको छ । श्रीलंकाले आइतबार सवारी साधनका लागि साप्ताहिक पेट्रोलियम कोटा लागू गर्ने घोषणा गरेको छ । यसैबीच देशका केही पेट्रोल पम्पमा लामो लाइन देखिएको छ ।

श्रीलंकाका उर्जा मन्त्री कञ्चना विजयशेखरले सरकारी स्वामित्वको सिलोन पेट्रोलियम कर्पोरेशनसँग तेल आयात गर्न डलर सकिएको बताए, जबकि बिजुली र एलपीजीको अभावले पेट्रोलको खपत बढेको छ।

'पेट्रोल पम्पमा तेल लिने ग्राहकलाई दर्ता गरेर साप्ताहिक कोटाको ग्यारेन्टी गर्नु बाहेक हामीसँग अर्को विकल्प छैन । हाम्रो आर्थिक अवस्था सुधार नभएसम्म हामीले एक हप्तामा पेट्रोल कोटा तय गर्नुपर्छ ।' मन्त्रीले भने ।

'यो नयाँ प्रणाली साउनको पहिलो साता लागु हुने अपेक्षा गरिएको छ । तर, चालकले एक सातामा कति पेट्रोल पाउँछन्, त्यो भने भनेका छैनन् ।'

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै