• २०८३ जेठ २० बुधबार

कपिलवस्तुमा अभियन्ता अमृत गिरीको नेतृत्वमा सामाजिक कार्यमा सक्रिय ग्यालेक्सी, विपन्न परिवारलाई खाद्यान्न वितरण

कपिलवस्तुमा अभियन्ता अमृत गिरीको नेतृत्वमा सामाजिक कार्यमा सक्रिय ग्यालेक्सी, विपन्न परिवारलाई खाद्यान्न वितरण

कपिलवस्तु । कपिलवस्तु जिल्लामा सक्रिय ग्यालेक्सी युथ क्लबले शुरू गरेको  'खाद्यान्न वितरण' अभियान अन्तर्गत बाणगंगा- ८ को एक परिवारलाई खाद्यान्न वितरण गरेको छ । 

बाणगंगा- ८ विपन्न परिवार दुबी थारुको परिवारलाई चामलसहितका खाद्यान्न हस्तान्तरण गरेको हो । नयाँ बर्षको अवसरमा क्लबका अध्यक्ष अमृत गिरीको नेतृत्वमा गएको टोलीले गरे ७५ किलो चामलसहित खाद्यान्न हस्तान्तरण गरेका थिए ।   

आर्थिक अवस्था कमजोर रहेकी थारुको परिवारलाई क्लबले चामलसहित दैनिक खाद्यान्न सहयोग गरेको क्लबका अध्यक्ष गिरीले जानकारी दिएका छन् । सो अवसरमा क्लबका सदस्य तथा स्थानीय अभियन्ताहरुको उपस्थिति रहेको थियो । 

क्लबका अध्यक्ष गिरीका अनुसार यस बर्ष खाद्यान्न वितरण अभियानलाई अगाडी बढाउदै जिल्लाका विपन्न परिवारको पहिचान गरेर वितरण गर्ने कार्यक्रम रहेको बताए ।

ग्यालेक्सी युथ क्लबले जिल्लामा विभिन्न अभियान संचालन गर्दै सामाजिक कार्य गर्दै आएको छ । क्लबले सरसफाई अभियान 'सफा कपिलवस्तु अभियान', 'सपना बोक्ने झोला' अभियानसहितका विभिन्न अभियान संचालन गर्दै आएको आएको छ ।

ग्यालेक्सी युथ क्लब हाल कपिलवस्तुमा सामाजिक उत्तरदायित्व बोक्ने युवाहरूको साझा मञ्च बनेको छ । क्लबको कार्यशैली र समर्पणले अन्य युवाहरूलाई पनि समाजसेवातर्फ प्रेरित गरिरहेको छ । यस क्लबको नेतृत्व युवा अभियन्ता अमृत गिरीले गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै