प्रेमिकाको हत्या आरोपित युवा थुनामा

खरीबोट
ad

फलेवास, पर्वत  ।  आफ्नै प्रेमिकालाई हत्या गरेर कालीगण्डकी नदीमा बगाएको आरोपमा पक्राउ गरेका एक युवा पुर्पक्षका लागि थुनामा परेका छन् । 

प्रेमिकालाई हत्या गरेको आरोपमा प्रहरी हिरासतमा रहेका पर्वतको बिहादी बिहादी गाउँपालिका–२ बर्राचौरका २३ वर्षीय प्रदीप पराजुलीलाई अदालतले थुनामा राख्ने आदेश दिएको हो । 

बागलुङ जैमिनी नगरपालिका–८ घर भएकी २२ वर्षीया कमला शर्मालाई उनैले लगाएको सलले घाँटी बाँधेर पराजुलीले कालीगण्डकी नदीमा बगाएका थिए । गत माघ ५ मा शर्मा र पराजुली पर्वत र गुल्मी जिल्लाको सिमानाकोे कालीगण्डकी पूर्तिघाट झोलुंगे पुलमा भेट भएका र युवतीले पराजुलीको सम्बन्धबाट आफू गर्भवती भएको भन्दै तत्काल विवाह गर्न अनुरोध गरेपछि पराजुलीले युवती शर्माको प्रस्तावलाई अस्वीकार गर्दै हत्या गरेको बयान दिएका थिए । 

पराजुलीले परिवारसामु आफैँले हत्या गरेको बताएपछि परिवारले प्रहरीलाई बुझाएका थिए । प्रहरीसमक्ष समेत पराजुलीले आफैँले मारेको साविती बयान दिएपछि प्रहरीले पर्वत जिल्ला अदालतमा कर्तव्य ज्यानअन्तर्गत मुद्दा दायर गरेको थियो । 

सोही मुद्दाउपर थप अनुसन्धानका लागि भन्दै पर्वत जिल्लाका जिल्ला न्यायाधीश धु्रवप्रसाद सापकोटाको इजलासले सोमबार पराजुलीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश जारी गरेको हो । 

उनी अहिले पर्वत जिल्ला कारागारमा पुर्पक्षका लागि थुनामा छन् । माघ ५ गतेदेखि युवती हराएपछि पीडित परिवारले करिब पाँच दिनपछि १० माघमा जिल्ला प्रहरी कार्यालय बागलुङमा खोजतलासका लागि उजुरी दिएका थिए । 

जिल्ला प्रहरी कार्यालय, बागलुङसहित जिल्ला प्रहरी कार्यालय पर्वत र जिल्ला प्रहरी कार्यालय गुल्मी मातहतका प्रहरी एकाइबाट खोजतलास गर्दा उनको शव गुल्मीको कालीगण्डकी गाउँपालिका–४ घुमाउनेमा माघ १७ मा फेला परेको थियो । 

सम्बन्धित समाचार

सरकारले बलात्कार, हत्या र हिंसा रोक्न नसकेकोमा महिला सञ्जालको विरोध

काठमाडौं । अन्तरपार्टी महिला सञ्जालले बलात्कार, हत्या, हिंसा र विभेदका घटनामा संलग्न दोषीलाई पक्राउ गरि कानुनी दायरामा ल्याउन सरकार असफल भएको आरोप लगाएको छ ।  सोमबार रिपोर्टर्स क्लब नेपालमा अन्तरपार्टी महिला

निर्मलाको हत्यारा पत्ता नलाग्दै कञ्चनपुरमा दर्जन बढी बलात्कारका घटना

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकाकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाले सिङ्गो मुलुकको ध्यान कञ्चनपुरतिर तान्यो । पन्त परिवारलाई न्याय र मजबुत सुरक्षाको मागसहित भीमदत्त नगरवासीबाट शुरु भएको दबाबमूलक

कैलालीमा बाबुले गरे छोराको हत्या

कैलाली, भजनी। कैलालीको टीकापुर नगरपालिका–८ मा आफ्नै बाबुले बञ्चरो प्रहार गरी छोराको हत्या गरेका छन् । सामान्य घरायसी विवादमा शनिबार बुबाले छोरालाई बञ्चरो प्रहार गर्दा आज छोराको मृत्यु भएको हो

प्रहरी जवानद्वारा आत्महत्या

स्याङ्जा। जिल्ला कारागार स्याङ्जामा कार्यरत एक प्रहरी जवानले आत्महत्या गरेका छन् । आज बिहान ३ः३० बजे नवलपरासीको त्रिवेणी नगरपालिका–६ का २५ वर्षीय जीतेन्द्र थापाले आफैँले गोली हानी आत्महत्या गरेको जिल्ला