• २०८१ बैशाख २४ सोमबार

नयाँ दिल्लीमा सङ्क्रमितको सङ्ख्या ८२ प्रतिशतले वृद्धि

kharibot

नयाँदिल्ली । भारतको नयाँ दिल्लीमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ८२ प्रतिशतले वृद्धि भएको छ । 

सरकारी अधिकारीले बुधबार दिएको जानकारीअनुसार अघिल्लो दिनको तुलनामा बुधबार ८२ प्रतिशतले वृद्धि भएको हो ।   

देशको सङ्घीय राजधानी नयाँ दिल्लीमा एकाएक सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएको विवरण सार्वजनिक भएपछि धेरैको ध्यान खिचिएको छ । 

स्वास्थ्य अधिकारीका अनुसार पछिल्लो एक दिनमा एक हजार ११८ जना सङ्क्रमित थपिएका छन् । जवकी अघिल्लो दिन ६१४ जना मात्रै सङ्क्रमित भएका थिए । 

उनीहरुले पछिल्लो एक दिनमा ५०० सङ्क्रमित सङ्क्रमणमुक्त भएका छन् ।

भारतमा अहिले देशभरी सक्रिय सङ्क्रमितको सङ्ख्या ५० हजार ५४८ रहेका छन् । भारतमा अहिले फेरि दैनिक सङ्क्रमितको सङ्ख्या बढ्दै गइरहेको देखिएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै