• २०८१ बैशाख २२ शनिबार

सडक अतिक्रमण हटाउँदै बनेपा नगरपालिका

kharibot

धुलिखेल  । बनेपा नगरपालिकाले नगरलाई व्यवस्थित बनाउने उद्देश्यले बनेपा नगरपालिका–६ बुडोलडाँडा आसपास सडक छेउछाउमा व्यवसायी निर्माण गरेका संरचना डोजर लगाएर हटाउन थालेको छ । 

उक्त संरचना हटाउन नगरपालिकाले यही फागुन १० गते सूचना जारी गरेको थियो । समयसीमा सकिएलगत्तै बनेपाको पुल बजारदेखि २८ किलोमिटरसम्मको अरनिको राजमार्ग दायाँबायाँका सबै संरचना हटाउन शुरु गरिएको हो । 

पछिल्लो समयमा व्यवसायीले सडक अतिक्रमण गर्ने क्रम बढेसँगै सडक साँघुरो बन्दै गएको थियो । सडक अतिक्रमण हटाउन नगरपालिकाले गरेको प्रयास बिफल भएको थियो । बनेपा नगरपालिका–६ का वडाध्यक्ष सचितानन्द केसीका अनुसार सडकको दायाँबायाँ राखिएका पुराना सवारी साधनलाई क्रेनको माध्यमबाट हटाउन थालिएको छ । 

“बाटो छेकिनेगरी राखिएका होडिङ बोर्ड डोजर लगाएर हटाउन थालेका छौँ,” उनले भने । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै