• २०८१ बैशाख २४ सोमबार

अन्तराष्ट्रिय गुणस्तरको छबि बनाउदै सिजी बाण्ड

kharibot

काठमाडौँ l चौधरी ग्रुप अन्तर्गत इलेक्ट्रोनिक्स जगतमा सिजी ब्राण्ड एउटा छुट्टै पहिचानका साथ स्थापना गरिएको छ । सिजी ब्राण्डले विषेशगरी सम्पूर्ण ग्राहकहरुलाई मध्यनजर गरि प्रिमियम प्रोडक्ट उचित बजेटमा उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको हो ।

हालै सिजीले सिजी ब्राण्डमा सिग्नेचर सिरिज “सि.जी. मेरिडिया” ल्याएको छ । यो सिरिजमा टिभी, वासिङ मेसिन, एसी, रेफ्रिजेरेटर, भ्याकुम, राईसकुकर, इन्डक्सन, ग्याँस स्टभ, पंखा, एयर प्रायर जस्ता प्रिमियम प्रोडक्टहरु ल्याएको छ l यी प्रोडक्टहरु देख्दा निकैनै आकर्षक र विशेषताहरु पनि निकैनै आकर्षक रहेको कारण यी प्रोडक्टहरुलाई सिजीले आफ्ना प्रिमियम प्रोडक्टको सिरिजमा राखेको छ । अब ग्राहकहरुले यी प्रोडक्टहरुको प्रयोगहरुबाट अन्तराष्ट्रिय ब्राण्डको अनिभुति प्राप्त गर्न सक्नेछ । 

सिजीले ई.सं. २००५ देखि टेलिभिजन र डिभिडिहरु आफ्नै देशमा बनाउने र विक्री वितरण गर्न सुरु गरेको थियो । सफलता पुर्वक सिजीले आफ्ना सामानहरु बजारमा विक्री वितरण गर्न सुरु गरेपछि सिजीले आफ्ना सामानहरुमा अझै बढि रेन्जहरु थप्दै गएको जसमा होम इन्टरटेन्मेन्ट, होम अप्लाईनसेस, एसी, साना घरायसी सामानहरु, सिएफएल बल्भ, एलईडि टिभी, एलईडि लाईटस्, अडियो सिस्टम, सोलार, चिम्नी जस्ता सामानहरु रहेका छन् । छोटो समयमा नै सिजीले धेरै भन्दा धेरै सामानहरु आफ्नो ब्राण्डमा ल्याई फलस्वरुप नेपालकै सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स ब्राण्ड बन्न सफल भएको छ । 

चौधरी ग्रुपको लगनशिलता र अथक मेहनतको साथ सिजी ब्रान्ड नेपालकै सबैभन्दा ठूलो र नं. १ ब्राण्ड बन्न सफल भएको छ । हल सिजीमा ५०० वटा भन्दा बढी लाईनअपमा सामानहरु उपलब्ध छन् । यी सामानहरु विक्री वितरण गर्न सिजीले आफ्नो डिलर नेटवर्क पनि विस्तार गरेको छ ।

नेपालको एक मात्रै आईएसओ ९००१:२०१५ बाट प्रमाणित सिजी ब्राण्ड, गुणस्तरिय सामान उचित बजेटमा उपलब्ध गराई प्रत्येक नेपालीको चहानालाई परिपुर्ती गर्ने सिजी ब्राण्डको प्रमुख दृष्टिकोण रहेको छ । नेपाली बजारमा लिडिङ ब्राण्ड र गौरभवान्तित नेपाली ब्राण्ड बन्ने उद्देश्यका साथ सिजी अगाडी बढिरहेको छ । प्रत्येक नेपालीको घर घरमा सिजी ब्राण्ड पु¥याउने यसको प्रमुख उद्देश्य रहेको छ । 


हाल सिजीको नेपाल भरि १३ ओटा डिजिटल सोरुमहरु छ ।यी सोरुमहरु बाट  सिजीका सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरु खरिद गर्न सक्नेछ ।नेपाल भरि ५०० भन्दा बढी डिलरहरु सक्रियताका साथ सिजी सँग अबद्ध छन् । करिब २०० भन्दा बढी सर्भिस सेन्टरहरु रहेको हुनाले ग्राहकहरुलाई सर्वसुलभ रुपमा सेवा प्रदान गर्दै आईरहेको छ । 

त्यस्तै सिजी बाण्डको बारेमा बृस्तित रुपमा जानकारी लिनको लागि www.cginspiringlife.com वेभसाइट मार्फत् सिजी ब्रान्ड सामानहरुको विशेषता,मूल्य, रंग, साईज आदिको बारेमा सम्पूर्ण जानकारी लिन सकिने छ । 


 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै