काठमाडौँ । चीनका लागि नेपाली राजदुतमा विष्णुपुकार श्रेष्ठ नियुक्त भएका छन् । श्रेष्ठलाई विहिबार राष्ट्रपति विद्यादेवी भण्डारीले चीनको आवासीय राजदुतमा नियुक्त गरकी हुन् ।
राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा विष्णुपुकार श्रेष्ठलाई जनवादी गणतन्त्र चीनका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेको राष्ट्रपतिको कार्यलयले जानकारी दिएको छ ।