काठमाडौँ । आज संसदीय सुनुवाइ समितिको बैठक बस्दैछ ।
बिहान ९: १५ बजेदेखि शुरु हुने बैठकमा प्रस्तावित राजदूतहरू उपर प्राप्त उजुरीका सम्बन्धमा उजुरीकर्तालाई समितिमा आमन्त्रण गरी छलफल गर्ने र प्रस्तावित राजदुतहरुको सुनुवाईको कार्यसूची रहेको छ ।
समितिका अनुसार आज गणतन्त्र भारतका लागि राजदूत पदमा नियुक्तिका लागि प्रस्तावित डा. निश्चल नाथ पाण्डे, काठमाडौँ, जनवादी गणतन्त्र चीनका लागि राजदूत पदमा नियुक्तिका लागि प्रस्तावित कल्याण राज शर्मा, काठमाडौँ, संयुक्त राज्य अमेरिकाका लागि राजदूत पदमा नियुक्तिका लागि प्रस्तावित चिरन जङ्ग थापा, ललितपुर, संयुक्त अधिराज्यका लागि राजदूत पदमा नियुक्तिका लागि प्रस्तावित गौरव शमशेर ज.ब.रा., काठमाडौँलाई समितिसमक्ष आमन्त्रण गरी सुनुवाइ गर्ने कार्यसूची रहेको छ ।









