• २०८१ बैशाख २१ शुक्रबार

राष्ट्रिय सभाबाट बजेट पारित भएपछि मन्त्री पद छाड्छौँ- मन्त्री खतिवडा

kharibot

काठमाडौं  । नेकपा एकीकृत समाजवादीबाट स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका विरोध खतिवडाले राष्ट्रिय सभाबाट आगामी आर्थिक वर्षको बजेट पारित भएपछि मन्त्री पद छाड्ने बताएका छन् । 

पार्टीको पोलिट्ब्युरो बैठकमा सहभागी भएर बाहिरिने क्रममा उनले राष्ट्रिय सभाबाट बजेट पारित भएपछि स्वतः आफूहरु मन्त्रीबाट हट्ने प्रतिक्रिया दिएका हुन् । 

यसबारे बैठकलाई लिखित जानकारी गराइसकेको उनले बताए । ‘राष्ट्रिय सभाबाट बजेट पारित भएपछि स्वतः मन्त्री छाड्छौँ,’ उनले भने ‘पार्टीको निर्णय मान्छौँ । मन्त्री पद शतप्रतिशत छाड्छौँ ।’

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै