• २०८१ बैशाख १६ आइतबार

थप ४१ जनामा कोरोना सङ्क्रमण पुष्टि

kharibot

काठमाडौँ । पछिल्लो २४ घण्टामा ४१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनअनुसार तीन हजार ३५८ जनामा परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार हाल २०८ जना सक्रिय सङ्क्रमित छन् । सो अवधिमा २० जना सङ्क्रमणमुक्त भएका छन् ।

योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ६७ हजार ४०९ पुगेको छ ।

सङ्क्रमितमध्ये सङ्क्रमणमुक्त हुने दर ९८.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

आज एक लाख २७ हजार ७९२ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् ।

मन्त्रालयले यही असार ९ देखि १५ गतेसम्म ५ वर्षदेखि १२ वर्ष मुनिका बालबालिकालाई कोरोना भाइरस विरुद्धको पहिलो खोप लगाइरहेका छन् । 

हाल होम आइसोलेशनमा २०२, संस्थागत आइसोलेशनमा ६ जना र तीन जनाको सघन उपचार कक्ष (आइसियु)मा उपचार भइरहेको छ ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले सङ्क्रमण बढिरहेको बताए ।

सङ्क्रमण बढेसँगै भारतबाट नेपाल आउनेमा कोरोना परीक्षण सुरु गरिएको र उनीेहरूमा कोरोनासँगै मलेरिया सङ्क्रमण पनि भेटिएको उनले जानकारी गराए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै