• २०८१ बैशाख १५ शनिबार

अवरुद्ध डुम्रे–आँबुखैरेनी सडकखण्ड सञ्चालन

kharibot

दमौली । पहिराले अवरुद्ध भएको पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको डुम्रे–आँबुखैरेनी सडकखण्ड सञ्चालनमा आएको छ ।

बन्दीपुर गाउँपालिका–४ विमलनगरमा आज बिहान पहिरो जाँदा अवरुद्ध भएको सडकखण्ड मध्यान्ह १२ः१० बजेबाट सञ्चालनमा आएको हो ।  

पहिरो पन्छाएर राजमार्ग सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै