काठमाडौँ । ईङल्याण्डका समिति ओभरका कप्तान इयोन मोर्गनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् ।
ईङल्याण्डलाई एकदिवसीय विश्वकप जिताउने ३५ बर्षिय कप्तान मोर्गनले आफ्नो लगातारको इन्जुरी र खराब फर्मपछि सन्यासको घोषणा गरेका हुन् ।
मोर्गनले घरेलु किर्केट भने खेल्ने भएका छन् । मोर्गनले ईङल्याण्डको १२६ एकदिवसीय र ७२ टी-२० खेलको नेतृत्व गरेका छन् । उनको नेतृत्वमा ईङल्याण्डले २०१९ मा एकदिवसीय विश्वकप जितेको थियो भने २०१६ मा टी-२० विश्वकपको फाइनलमा पुगेको थियो । साथै उनी २०१० मा ईङल्याण्डले टी-२० विश्वकप जित्दा टिमको सदस्य थिए ।
२००९ मा ईङल्याण्डबाट खेल्नु अघि मोर्गनले आयरल्याण्डबाट पनि अन्तर्राष्ट्रिय क्रिकेट खेलेका थिए । उनले ईङल्याण्डका लागि १६ टेस्ट र ३४० सिमित ओभरको खेलमा प्रतिनिधित्व गरेका छन् । उनी ईङल्याण्डका लागि एकदिवसीय र टी-२० खेलमा सर्बाधिक रन बनाउने र धेरै खेल खेल्ने खेलाडी हुन् ।