• २०८१ बैशाख १५ शनिबार

रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता

kharibot

काठमाडौँ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । आयोगले शुक्रबार पार्टीका सभापति लामिछानेलाई दल दर्ताको प्रमाण पत्र दिएको हो ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले गोलाकारभित्रको घन्टी चुनाव चिन्ह पाएको छ ।  

आयोगले निर्णय गरेर प्रमाणपत्र दिइसकेको आयोगका उपन्यायाधिवक्ता गुरू वाग्लेले खरीबोटलाई जानकारी दिए ।

पार्टीको नाममा स्वतन्त्र नहुने भन्दै लामिछानेले प्रस्ताव गरेको नाम स्वीकारेर पार्टी दर्ता गर्न नहुने भन्दै आयोगमा उजुरी परेको भएपनि आयोगले लामिछानेको दललाई दर्ता गरेको छ ।

टेलिभिजन छोडेर लामिछानेले यहि असार ७ गते नयाँ पार्टी खोल्ने घोषणा गर्दै दल दर्ताका लागि आयोगमा निवेदन दिएका थिए ।


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै