• २०७९ श्रावण २७ शुक्रबार

हुम्लामा पर्यटकलाई लुटपाट गर्न खोज्ने ७ जना प्रहरीको नियन्त्रणमा

kharibot

सिमकोट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा विदेशी पर्यटकलाई लुटपाट गर्न खोज्ने सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

ग्रेट हिमालयन ट्रेलको यात्राका क्रममा रेहका जर्मनीका नागरिक ३८ वर्षीय मेटियर्स इक्मालाई उनीहरुले लुटपाट गर्न खोजेका थिए ।  

नाम्खा गाउँपालिका–५ नारा लेकबाट हिल्सातर्फ जाँदै गरेका इक्मालाई सडकमा काम गर्ने कामदारले लुटपाट गर्न खाजेका हुन् ।

प्रहरी निरीक्षक दीपक मल्लका अनुुसार हिल्सा–सिमकोट सडक निर्माणमा संलग्न कामदारले शनिबार लुटपाट गरेको इक्माले दिएको उजुुरीका आधारमा सातै जनालाई नियन्त्रणमा लिएको जानकारी दिए । 

प्रहरीले हिमाल सुनार, कमल थापा, छविलाल बस्नेत, माधव थापा, गणेश सुनार, खेम सुनार र विजय विष्टलाई नियन्त्रणमा लिएको हो ।  

उनीहरुको ठेगाना दाङको घोराही र तुलसीपुर रहेको विष्टले बताए । सातै जनालाई नाम्खाबाट सदरमुकाम सिमकोट ल्याइँदै छ ।

इक्मा पूर्वको कञ्चनजङ्घा हिमालबाट हुम्लाको हिल्सासम्मको पैदल यात्रामा रेहका थिए ।

उजुुरी दिएपछि उनलाई पनि जिल्ला प्रहरी कार्यालयमा ल्याइँदै गरेको प्रहरीले जनाएको छ ।  

पढ्नै पर्ने

लोकप्रिय