• २०८१ बैशाख १७ सोमबार

एमाले हुम्लाको अध्यक्षमा ज्ञामी बुमी निर्वाचित

kharibot

सिमकोट । नेकपा एमाले हुम्लाको अध्यक्षमा अध्यक्षमा ज्ञामी बुमी निर्वाचित भएका छन् । पार्टीको १०औँ जिल्ला अधिवेशनबाट उनी अध्यक्षमा निर्वाचित भएका हुन् । 

अध्यक्षसहित विभिन्न पदका लागि आइतबार साँझ मतदान भएको थियो । गए राति नै मतगणना गरिएको थियो । अध्यक्षमा बुमीका निकटतम प्रतिद्वन्द्वी डबल रावत रहेका थिए । 

बुमीले १२४ मत प्राप्त गरेका थिए भने उनका प्रतिद्वन्दी रावतले ११९ मत प्राप्त गरेका थिए ।

उपाध्यक्ष, सचिव, महिला उपसचिव र खुला उपसचिवमा पनि बुमीको प्यानल विजयी भएको छ । 

उपाध्यक्षमा प्रकाशबहादुर शाहीले १६२ मत ल्याएर विजयी भए भने सचिवमा तीर्थराज बोहराले १३१ मत प्राप्त गर्दै जित हासिल गरेका छन् ।  त्यसैगरी खुला उपसचिवमा प्रदीप लामाले १३३ मत तथा महिला उपसचिवमा मञ्जु रावलले १३४ मत प्राप्त गर्दै जित हासिल गरेकी छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै