युरोप । फोटो सेयरका लागि र मल्टिमिडियाका लागि प्रसिद्ध सामाजिक सञ्जाल स्न्यापच्याट र इन्स्टाग्रामले केही समयको लाग गिफी जीआईएफ स्टिकर फिचर हटाएका छन् ।
प्रयोगकर्ताले एउटा रंगभेदी जीआईएफ एउटा अप्सनमा देखेपछि दुवै कम्पनीले यो फिचर केही समयका लागि बन्द गरिदिएका हुन् ।
त्यसलाई हटाउनको लागि फिचर नै केही समयका लागि बन्द गरिएको हो । उक्त रंगभेदी जिफ (तस्बिर) सबैभन्दा पहिला बेलायतका एक २१ वर्षीय स्न्यापच्याट प्रयोगकर्ताले देखेका थिए ।
यस जिआईएफमा लाखौँ मानिसको मृत्यु कालाजातिका मानिसको अपराधको कारण भइरहेको देखाइएको थियो ।
त्यस्तै खाले अर्को तस्बिर फेसबुकको स्वामित्वमा रहेको इन्स्टाग्राममा पनि देखिएको थियो ।
सो लगत्तै दुवै कम्पनीले जीआईएफ फिचर नै बन्द गराएका हुन् । दुवैले यो फिचर गत फेब्रुअरीमा मात्रै लन्च गरेका थिए ।
जसअन्तर्गत प्रयोगकर्ताले आफ्नो स्न्याप्स र स्टोरिजमा जिफी मिडिया लाइब्रेरीबाट जीआईएफ एड गर्न पाउँथे ।