रुपन्देही । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश संसदबाट दुई तिहाई बहुमत पाएका छन् ।
आईतवार बसेको प्रदेश सभा बैठक मुख्यमन्त्री पोखरेललाई नेकपा एमाले, माओवादी केन्द्र, संघीय समाजवादी फोरम र राष्ट्रिय जनमोर्चाले समर्थन गर्दै उनको पक्षमा मत दिएका छन् ।
पोखरेलले एमालेका ४१, माओवादी केन्द्रका २०, संघीय समाजवादी फोरमका ५ र राष्ट्रिय जनमोर्चाका १ गरी कुल ६६ मत पाएका छन् । विपक्षमा भने नेपाली कांग्रेसको १८ मत मात्र परेको छ । १९ सांसद रहेको विपक्षी दल नेपाली कांग्रेसका एकजना सांसद अनुपस्थित थिए ।
गत फागुन ३ गते मुख्यमन्त्रीको शपथ लिएका पोखरेलले मुख्यमन्त्री बनेको २४ दिनपछि विश्वासका मत पाएका छन् ।