• २०८१ बैशाख १५ शनिबार

प्रदेशसभामा कानुनमन्त्रीको उच्छृङ्खलता र दादागिरीलाई नेकपाले सामान्यीकरण गर्यो - गगन थापा

kharibot

काठमाडौँ । नेपाली काँग्रेसका युवा नेता एवं सांसद गगन थापाले प्रदेश ५ मा कानुनमन्त्रीले सोमबार प्रदेश सभामा देखाएको उच्छृङ्खलता र दादागिरीलाई नेकपाले  सामान्यीकरण गरेको आरोप लगाएका छन् ।

सामाजिक संजालमा टिप्पणी गर्दै सांसद थापाले सोमबार कानुनमन्त्रीको उच्छृङ्खलता र दादागिरीलाई आज सिंगो नेकपापंक्तिबाट अति सामान्यीकरण गर्ने जुन काम भयो यो गम्भीर बिषय भएको टिप्पणी गरेका छन् ।

व्यवस्थापिकालाई कार्यपालिकाले निर्देशित र नियन्त्रित गर्ने काम संघबाट प्रदेशमा पनि सरेको टिप्पणी गर्दै थापाले कांग्रेसको तर्फबाट प्रदेशसभा सदस्यहरूले आवेगमा संयम गुमाउँदा भएको अशोभनीय घटनाका सन्दर्भमा पार्टीले आफ्नो धारणा सार्वजनिक गरिसकेको र यस किसिमका घटनाहरू नदोहोराउन र संसदमा संसदीय मर्यादा विपरीतको आचरण प्रस्तुत नगर्ने तर्फ कांग्रेस निरन्तर सचेत रहने बताएका छन् ।

उनले कानुनमन्त्रीको उच्छृङ्खलताप्रति नेकपाको मौन सहमतिले नेकपा, संसद कार्यपालिकाको वशीभूत हुने कुरा संघमा जस्तै प्रदेशमा पनि स्थापना गर्न चाहेको प्रष्ट भएको बताएका छन् ।

उनले आचरण बदल्न सकिन्छ, तर नियत नै खराब भएपछि त्यति सजिलै बदलिँदैन, मिहेनत गर्नुपर्छ भन्दै यसलाई गम्भीरता पूर्वक लिन आग्रह गरेका छन् ।

उनले भनेका छन् - 

व्यवस्थापिकालाई कार्यपालिकाले निर्देशित र नियन्त्रित गर्ने काम संघबाट प्रदेश मा पनि सर्यो ।

प्रदेश नं. ५ को प्रदेश सभा बैठकमा नेपाली कांग्रेसको तर्फबाट प्रदेशसभा सदस्यहरूले आवेगमा संयम गुमाउँदा भएको अशोभनीय घटनाका सन्दर्भमा पार्टीले आफ्नो धारणा सार्वजनिक गरिसकेको छ । यस किसिमका घटनाहरू नदोहोराउन र संसदमा संसदीय मर्यादा विपरीतको आचरण प्रस्तुत नगर्ने तर्फ कांग्रेस निरन्तर सचेत रहनेछ ।

तर हिजोको बैठकमा कानुन मन्त्रीको उच्छृङ्खलता र दादागिरीलाई आज सिंगो नेकपा पंक्ति बाट अति सामान्यीकरण गर्ने जुन काम भयो यो गम्भीर बिषय हो ।

नेकपाको मौन सहमतिले बताउँछ- नेकपा, संसद कार्यपालिकाको वशीभूत हुने कुरा संघमा जस्तै प्रदेशमा पनि स्थापना गर्न चाहन्छ ।

आचरण बदल्न सकिन्छ, तर नियत नै खराब भएपछि त्यति सजिलै बदलिँदैन, मिहेनत गर्नुपर्छ। यसलाई गम्भीरता पूर्वक लिऔं ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै