वेद नै विज्ञानको मूल स्रोत

खरीबोट
ad

काठमाडौँ । वेदका पुरुष सूक्त, हिरण्यगर्भ सूक्त, नासदीय सूक्त, शून्यको सिद्धान्त, शुल्बसूत्र नै आधुनिक विज्ञानको मूल स्रोत रहेकामा विद्वानहरुले जोड दिएका छन् । 

कुलचन्द्र–जनार्दन अध्ययन मण्डलले आज यहाँ आयोजना गरेको कार्यक्रममा भाषाविज्ञानका प्रा डा लक्ष्मीप्रसाद खतिवडाले संस्कृत वाङ्मयका विज्ञानसम्बन्धी मूलभूत अवधारणालाई पश्चिमाले उपयोग गरेर आफ्नै नाम दिएको बताए । 

‘नेपाली संस्कृतिको ठूलो भाग संस्कृत वाङ्मयमा अडिएको छ, संस्कृत वाङ्मयलाई कर्मकाण्डी धारको स्रोतकेन्द्र मात्र मान्न हुँदैन, वेद, ब्राह्मणग्रन्थ, उपनिषद्, आरण्यक कर्मकाण्डको मात्रै होइन विज्ञान र दर्शनको पनि स्रोत हो, विज्ञान र दर्शनशास्त्र पढ्नेले वेद पढ्नु हुँदैन भन्ने मान्यताले हामी यसमा पछि परेका छौँ’ – उनले भने । 

प्राचीन र मध्ययुगीन नेपाल दर्शन शास्त्रको स्रोत थियो । हिमवत्खण्ड वा नेपाल भनेर चिनिएको यो भूभाग दार्शनिक अवधारणाको स्रोतभूमि रहेकामा नेपाल प्रज्ञा–प्रतिष्ठान दर्शन विभागका पूर्वप्रमुख विष्णु प्रभात, अन्तरधार्मिक परिषद्का अध्यक्ष केशवप्रसाद चौलागाईं, कानूनविद् रवीन्द्र भट्टराई, साहित्यकार रघु अधिकारीलगायतले जोड दिए । 

वैदिक वाङ्मयभित्र लुकेको ज्ञान विज्ञान अध्ययन अध्यापनको कमीले पछिल्लो पुस्ता आफ्नै भूमिको ज्ञानप्रति अन्धकारमा रहेको सो अवसरमा जानकारी गराइयो । वेद आधुनिक विज्ञानको स्रोत हो भन्ने विषयमा आफूले गरेको अनुसन्धान मुख्य विषय प्रस्तुतिका लागि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानलगायत संस्थालाई अनुरोध गरेको डा खतिवडाले बताए । 

सो कार्यक्रममा वैज्ञानिक र संस्कृृृतका विज्ञलाई पनि आमन्त्रण गर्न अनुरोध गरिएको कार्यक्रममा जानकारी गराइयो ।

सम्बन्धित समाचार

निजी र आङ्गिक क्याम्पसमा सँगै भर्ना गर्ने तयारी

चितवन / रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयु) ले आङ्गिक र निजी क्याम्पसमा भर्ना प्रक्रिया सँगसँगै अघि बढाउने तयारी गरेको छ ।  विश्वविद्यालयले आठ निजी क्याम्पसलाई दिएको सम्बन्धन मन्त्रिपरिषद्को बैठकले

तालाबन्दीपछि कृषि तथा वन विज्ञान विश्वविद्यालयको कामकाज ठप्प  

चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका प्राध्यापकले तालाबन्दी गरेका छन् । विश्वविद्यालयको मूलद्वारमा मङ्गलबार ताला लगाएपछि नियमित काम अवरुद्ध भएको छ । विश्वविद्यालयले दिएको सम्बन्धन मन्त्रिपरिषद्को बैठकले खारेज गरेपछि

चन्द्रमाको ध्रुवमा पानी भेटियो, वैज्ञानिक भन्छन्, ‘छिट्टै मानवशिविर स्थापना गर्ने आशा बढ्यो !’

अमेरिका । वैज्ञानिकहरुले चन्द्रमाको ध्रुवमा आइस (बरफ पिण्ड) फेला परेको बताएका छन् । युनिभर्सिटी अफ हवाई र ब्राउन युनिभर्सिटीका अध्येताहरुले नासाको मुन मिनरलोजी म्यापर इन्स्ट्रुमेन्ट प्रयोग गरी उक्त आइस रहेको

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस भर्नासम्बन्धी अध्ययन गर्न कार्यदल गठन

काठमाडौँ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सा विषयको स्नातक तह (एमबीबीएस) तहमा भर्नासम्बन्धी अध्ययन शुरु गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका चिकित्सक श्रीकृष्ण गिरीको संयोजकत्वका कार्यदल गठन गरिएको छ ।  कार्यदलमा चिकित्सकद्वय जीवन


z