• २०८१ बैशाख १५ शनिबार

मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा अङ्कुर साह

kharibot

गोदार (धनुषा)। मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा अङ्कुर साह नियुक्त भएका छन् ।

सहकुलपति एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री वीरेन्द्रप्रसाद सिंहको संयोजकत्वमा बनेको सिफारिस समितिको सिफारिसमा मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले बिहीबार डा साहलाई उपकुलपतिमा नियुक्त गरेका हुन् ।

स्वास्थ्यमन्त्री सिंहले गत फागुन २१ गते डा साहको नाम पहिलो नम्बरमा सिफारिस गरेका थिए । गत जेठ २५ प्रतिष्ठानका उपकुलपति डा रामकेवल साहको निधन भएपछि सो पद रिक्त थियो ।

रिक्त पदमा नियुक्तिका लागि गत असोज १८ गते दरखास्त आह्वान गरिएको थियो । उपकुलपतिका लागि १५ जनाले आवेदन दिएका थिए ।

उपकुलपति पदका लागि डा रमेशप्रसाद सिंह (सर्लाही), डा योगेन्द्रप्रसाद सिंह (सर्लाही), डा पशुपति चौधरी (सुनसरी), डा राजेन्द्रप्रसाद साह (पर्सा), डा गौरीशङ्कर साह (सुनसरी), डा विद्यानाथ यादव (सप्तरी), डा रोहितप्रसाद यादव (रौतहट), डा अङ्कुरप्रसाद साह (धनुषा) र डा सुधीरकुमार सिंह (महोत्तरी)ले आवेदन दिएको जनाइएको छ । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै