न्युयोर्कमा भएको हेलिकोप्टर दुर्घटनामा ५ को मृत्यु, तीन घाइते

खरीबोट
ad

न्युयोर्क । अमेरिकी सहर न्युयोर्कको पूर्वतर्फ आइतबार भएको हेलिकोप्टर दुर्घटनामा पर्दा त्यसमा सवार ५ जनाको ज्यान गएको समाचार छ । 

सो दुर्घटनामा परी अरु तीन जना घाइते भएका छन् । तर सो हेलिकोप्टरका पाइलट भने सामान्य मात्र घाइते भएका बताइएको छ । 

उक्त सानो हेलिकोप्टरमा पाइलटसहित छ जना मात्र सवार रहेका थिए । हेलिकोप्टर न्युयोर्कको पूर्वतर्फको नदीमा खसेको प्रहरीले जानकारी दिएको छ ।

निजी कम्पनीको हेलिकोप्टरलाई केही व्यक्तिले फोटो खिच्ने प्रयोजनका लागि भाडामा लिएर उडाएको अनुमान गरिएको छ । तर यस विषयमा विस्तृत विवरण भने प्राप्त भएको छैन । 

प्रहरीले यस हेलिकोप्टर दुर्घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ ।
 

सम्बन्धित समाचार

अमेरिकामा माइकल आँधीबाट मर्नेको संख्या १७ पुग्यो

अमेरिका । अमेरिकामा माइकल नामको आँधीबाट मृत्यु हुनेको संख्या कम्तीमा १७ जना पुगेको छ । खोजी तथा उद्धार कार्य जारी रहेकाले मृत्यु हुनेको संख्या अझ बढ्न सक्ने अमेरिकी अधिकारीहरुले बताएका

अमेरिकाले भ्रामक गतिविधि रोक्नुपर्छ : चीन

बेइजिङ। एसियाली शक्तिराष्ट्रको घरेलु तथा अन्तराष्ट्रिय नीतिलाई लिएर अमेरिकी पक्षबाट लगाइएको आरोपलाई लिएर एसिया भ्रमणको शिलशिलामा चीन पुगेका अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ र उहाँका चिनियाँ समकक्षी वाङ यीबीच सोमबार तातो

अमेरिकालाई भड्किला कार्य रोक्न चीनको आग्रह

चीन । चीनका विदेशमन्त्री वाङ यीले आफ्ना अमेरिकी समकक्षी माइक पोम्पेओलाई चीन–लक्षित भड्किला कार्यहरु रोक्न आग्रह गरेका छन् । चीनको विश्वव्यापी र घरेलु नीतिमाथि संयुक्तराज्य अमेरिकाले कटुतापूर्ण भर्त्सना गरेलगत्तै चीनको

अमेरिकी सर्वोच्च अदालतको न्यायाधीशमा क्याभानो नियुक्त

अमेरिका । विरोधका बीच अमेरिकी सर्वोच्च अदालतको न्यायाधीशमा ब्रेट क्याभानो नियुक्त भएका छन् । अमेरिकी संसदमा भएको मतदानमा क्याभानोको नियुक्तिको पक्षमा ५० र विपक्षमा ४८ मत परेको थियो । न्यायाधीश क्याभानोको


z