• २०८१ बैशाख २२ शनिबार

हमासले भन्यो- अमेरिकाको इजरायललाई थप सहयोगले गाजामा थप तनावको सङ्केत

kharibot

गाजा । अमेरिकी प्रतिनिधि सभाले इजरायललाई अर्बौं डलरको नयाँ सैन्य सहायता स्वीकृत गरेपछि  प्यालेस्टिनी लडाकू समूह हमासले आइतबार यसको विरोध गरेको छ । 

हमासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन गर्ने यो समर्थन इजरायली अतिवादी सरकार (इजरायल) का लागि हाम्रा जनताविरुद्ध क्रूर आक्रमण जारी राख्न अनुमति वा ‘हरियो बत्ती’ हो ।

वित्रप्तिमा भनिएको छ, “हामी यो कदमलाई गाजा पट्टीमा हाम्रा प्यालेस्टिनी जनताविरुद्ध इजरायली सेनाले चलाएको विनाशकारी युद्धमा आधिकारिक अमेरिकी संलग्नता र साझेदारीको पुष्टिको रूपमा लिन्छौं ।”

शनिबार अमेरिकी प्रतिनिधि सभाले गाजामा हमासविरुद्धको युद्धमा अमेरिकाको ऐतिहासिक सहयोगी इजरायललाई १३ अर्ब अमेरिकी डलरको सैन्य सहायता स्वीकृत गरेको थियो । वासिङ्टन इजरायलको सबैभन्दा ठूलो सैन्य आपूर्तिकर्ता हो ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले ‘बहुप्रशंसित सहायता विधेयक’ले इजरायलप्रति बलियो समर्थन देखाएको र यसले ‘पश्चिमी सभ्यताको रक्षा गरेको’ बताएका छन् ।

अमेरिकी विधेयकमा गाजा र विश्वका अन्य जोखिममा रहेका जनसङ्ख्याका लागि मानवीय सहायताको नितान्त आवश्यकतालाई सम्बोधन गर्न नौ अर्ब डलरभन्दा बढी रकम विनियोजन गरिने उल्लेख छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै