दक्षिण एसिया । एक भारतीय युवाले फिल्ममा जसरी आफ्नै पत्नीको विवाह गरिदिएका छन् । राउर केला भन्ने स्थानका युवाले आफूले विवाह गरेको छ दिन नबित्दै पत्नीलाई उनको प्रेमीसँग धूमधाम विवाह गरी पठाइदिएका हुन् ।
सुन्दरगढ जिल्लाको बडगाउँ ब्लकमा रहेको पमारा गाउँमा यस्तो अनौठो प्रकारको विवाह सम्पन्न भएको हो । पत्नीको विवाह गरिदिने युवा २८ वर्षका वासुदेव टप्पु रहेका छन् । उनले २४ वर्षीया पत्नीसँग गत मार्च ४ मा विवाह गरेका थिए । आफ्नो पत्नीको इच्छाविना नै विवाह गरेको थाहा पाएपछि पत्नीलाई उनकै पतिको साथ लगाएर विवाह गरिएको हो ।
केटीका अभिभावकहरु सबैको मृत्यु भइसकेको बुझिएको छ । युवकले पत्नीका भाइबहिनीसँग सल्लाह गरेरै उसैको प्रेमीसँग विवाह गरिदिएका हुन् । युवकके यस्तो कार्यप्रति मानिसहरुले सहानुभूति र प्रशंसा गरेका छन् ।