• २०८१ बैशाख १८ मंगलबार

नुवाकोटमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच जना घाइते

kharibot

नुवाकोट । नुवाकोटको ककनी गाँउपालिका–१ महालक्ष्मीस्थान स्थित भित्री सडकखण्डमा गएराती टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा पाँच जना घाइते भएका छन् । 

मृत्यु हुनेमा टिपरमा सवार ककनी गाँउपालिका–१ की अन्दाजी ३२ बर्षीया बसन्ती बलामी रहेकी छन् । बलामीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा घाइते भएका सबैलाई उपचारको लागी काठमाडौं तर्फ ल्याइएको छ । घाइते मध्ये ट्रिपरमा सवार ककनी गाँउपालिका–१ का अन्दाजी ३० बर्षीय विष्णु बलामीको अवस्था गम्भीर रहेको छ । 

महालक्ष्मीस्थाबाट तरकारी लिएर काठमाडौं आउदै गरेको बा ४ ख ३७२८ नम्बरको टिपर गएराती पौने ३ बजे सडकबाट अन्दाजी २० मिटर तल खसेको थियो । 

टिपर चालक फरार रहेकाले खोजी भइरहेको प्रहरी चौकी ओखरपौवा नुवाकोटले जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै