• २०८१ बैशाख १६ आइतबार

मुक्तिनाथ विकास बैंकद्धारा लेखनाथ खानेपानी उपभोक्ता संस्थालाई सहयोग

kharibot

काठमाडौँ l मुक्तिनाथ विकास बैंकले पोखरा नगरपालिका–३०, खुदी, ढुङ्गेपाटन स्थित लेखनाथ खानेपानी उपभोक्ता संस्थालाई आवश्यक पर्ने ५ हजार लिटरको एक थान पोलिथिक टङकीका खरिद गर्नका लागि ५५ हजार उनान्सत्तरी बराबरको आर्थिक सहयोग एक कार्यक्रम बीच उक्त संस्थाका पदाधिकारीहरुको रोहवरमा हस्तानतरण गरेको छ । 

उक्त कार्यक्रममा बैंकका गण्डकी प्रदेश प्रमुख शँकर के.सी, बुढीबजारका शाखा प्रमुख रामचन्द्र रानाभाट र अन्य कर्मचारीहरुको उपस्थिति तथा श्री लेखनाथ खानेपानी उपभोक्त संस्थाका अध्यक्ष्य मुरारी शर्मा र अन्य आधिकारिक सदस्यहरुको उपस्थिति रहेको थियो । 

यस सहयोगबाट संस्थाले नजिका नागरिकहरुलाई शुद्ध पिउने पानीका लागि सहयोग पुग्ने धारणा बैंकले लिएको छ । मुक्तिनाथ विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै, यस सहयोगबाट सेवा क्षेत्रका व्यक्तिहरुको हितमा काम हुने विश्वास लिएको छ । 

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम प्रयोग गरी नेपालभरी रहेको भिजा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटीएम मशिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसै गरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ्ग (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै