• २०८१ बैशाख १६ आइतबार

प्रि-सिजन एल क्लासिकोमा राफिन्हाको निर्णायक गोलमा बार्सिलोना विजयी

kharibot

काठमाडौँ । प्रि-सिजन टूर अन्तर्गत भएको एल क्लासिको बार्सिलोनाले जितेको छ ।

आइतबार बिहान सम्पन्न खेलमा बार्सिलोनाले रियल म्याड्रिडलाई १-० गोल अन्तरले जितेको हो । बार्सिलोनाको जितमा केहि साता अघि मात्र बार्सिलोना गएका राफिन्हाले खेलको २७औं मिनेट गरेको गोल नै निर्णायक गोल बनेको थियो ।

यस खेलबाट बायर्न म्युनिखबाट गएका रोबेर्ट लेवानडोस्कीले पनि बार्सिलोनामा डेभ्यु गरेका छन् ।

प्रि- सिजन टूरमा बार्सिलोनाको यो लगातार दोस्रो जित हो । यस अघि इन्टर मियामीलाई ६-० गोल अन्तरले जितेको थियो ।

त्यस्तै रियल म्याड्रिडको भने प्रि-सिजन टूर अन्तर्गत खेलेको यो पहिलो खेल हो । रियलले अब क्लब अमेरिका र युभेन्टससँग खेल्ने तालिका छन् ।

त्यसै गरि बार्सिलोनाले भने युभेन्टस र न्युयोर्क रेड बुल्ससँग खेल्ने तालिका रहेको छ ।    

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै