• २०८१ बैशाख १४ शुक्रबार

मिटरब्याजीलाई कानुनको दायरामा ल्याउछौं- मुख्यमन्त्री राउत

kharibot

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले मिटरब्याजीलाई कानुनको दायरामा ल्याइने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मिटरब्याजी विरुद्ध सङ्घर्ष समितिको ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री राउतले मिटरब्याजीहरू कानुनी दायरामा आउन नसक्दा विकृति बढेको बताए । 

मिटरब्याजीबाट पीडित भएकाको समस्यालाई प्रदेश सरकारले गम्भीर रुपमा लिएको र मिटरब्याजीविरुद्ध कडा कदम चाल्ने बताए । मिटरब्याज सरकारका लागि ठूलो चुनौती बन्दै गएको बताउदै मुख्यमन्त्री राउतले यसलाई कानुनी रुपमा नियन्त्रण गर्न तत्काल ठोस कदम चाल्ने उल्लेख गरे । 

“मिटरब्याजबाट पीडित भएकाको समस्याप्रति हामी गम्भीर छौँ”, मुख्यमन्त्री राउतले भने, “प्रहरी प्रशासन प्रदेश सरकारको मातहत नहुँदा ठोस कदम चाल्न सकिएको छैन । तर अब चाँडै समस्या समाधान गर्छौँ, तपार्इंहरू ढुक्क हुनुस् ।” सङ्घर्ष समितिका संयोजक मनोजकुमार पासमान नेतृत्वमा मुख्यमन्त्री निवास पुगेका पीडितहरूले मुख्यमन्त्री राउतलाई विभिन्न सातबुँदे ज्ञापनपत्र बुझाएका थिए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै