• २०८१ बैशाख १७ सोमबार

महोत्तरीमा 'पत्रकार' नै मिटरब्याजी, न्याय पाउन पीडितको निवेदन

kharibot

महोत्तरी । महोत्तरीमा मिडिया व्यवसायीले नै मिटर व्याजवाट पीडित बनाएको आरोपमा पीडितहरूले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन् ।

जिल्लाको बर्दिबासमा 'प्रभात सन्देश' नामक पत्रिका सञ्चलन गर्दै आएका आशा तोलाङ्गे र मनोज थापाविरुद्ध उनीहरूले  निवेदन दिएका हुन् । बर्दिबास-३ मा स्थायी घर भएका दुवै जना श्रीमान्, श्रीमती हुन् ।

घर छेउमा नै बसोबास गर्ने उनीहरूका छिमेकी र आफ्न्तले आफूहरू पीडित भएको भन्दै प्रशासन कार्यालयमा मंगलबार निवेदन लिएर आएको  जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ । निवेदक मध्ये रामकुमार परियारले ४ लाख ९५ हजार सावा ऋण लिएर ७ लाख ९५ हजार बुझाउँदा पनि जालसाजी गरेर आफ्नो घर नै उनीहरूले आफ्नो नाममा बनाएको निवेदनमा उल्लेख गरेका छन् । पत्रकार थापाको कारणले आफू सडकमा आइपुगेको र बत्ती, पानीसमेत आफ्नो नाममा ल्याएर घरबाट निकाल्ने धम्की दिँदै आएको पीडित परियारले बताएका छन् ।

यसैगरी अर्का पीडित अनिता तोलाङ्गेले शान्ति सुरक्षाको माग गर्दै उजुरी दिएकी छन् । घरायसी खर्चको लागी मिडिया व्यवसायी तोलाङ्गेसगँ २ लाख ५० हजार ऋण लिएको र उक्त ऋण ५० प्रतिशत भन्दा बढी चर्को ब्याज तिरेर सावासमेत चुक्ता गर्दा पनि विभिन्न घरमा आएर धम्की दिने गरेको उनको भनाइ छ । परियार र तोलाङ्गे जस्तै अन्य दुई जनाले पनि मिडिया व्यवसायी तोलाङ्गेका विरुद्ध न्यायको माग गर्दै निवेदन दिएको सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले जानकारी दिए ।

नेपाल पत्रकार माहासंघ महोत्तरीको कार्यसमिति सदस्यसमेत रहेकी तोलाङ्गेका विरुद्ध परेको निवेदनमाथि अनुसन्धान प्रक्रिया अगाडी बढाइ सकिएको पनि जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ । पत्रकारिताको आडमा चर्को ब्याज असुलेर ठगी धन्दा गरेको भन्दै उनीहरूका छिमेकी एकाएक सार्वजनिक भएपछि घटना बाहिरिएको हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै