• २०८१ बैशाख २३ आइतबार

दक्षिण सुडानमा थप दुई वर्षका लागि संक्रमणकालीन सरकार रहने

kharibot

फाइल तस्बीर

जुबा । दक्षिण सुडानका नेताहरूले बिहीबार मुलुकको संक्रमणकालीन सरकार शान्ति सम्झौतामा सहमति भएको समयसीमाभन्दा थप दुई वर्ष रहने जनाएका छन् । 

विदेशी साझेदारहरूले दक्षिण सुडानमा अझै वैधानिकताको कमी भएको बताएका कारण सङ्क्रमणकालीन सरकारको अवधि लम्ब्याउनु परेको जनाइएको छ । 

झण्डै चार लाख नागरिकले युद्धमा ज्यान गुमाएपछि पाँच वर्षे गृहयुद्ध अन्त्य गर्न सन् २०१८ मा भएको सम्झौता भएको थियो ।

मन्त्री परिषद्मामिला मन्त्रालयका मार्टिन एलिया लोमुरोले भने, “शान्ति सम्झौता कार्यान्वयनमा बाधा पुग्ने चुनौतीलाई सम्बोधन गर्न यो निर्णय लिइएको हो । 

विश्वको सबैभन्दा कान्छोे राष्ट्र, दक्षिण सुडानमा सन् २०२३ को फेब्रुअरीमा निर्वाचनसँगै संक्रमणकालको समापन गर्न लागिएको थियो । तर, सरकारले अहिलेसम्म संविधानको मस्यौदा तयार गर्नेलगायतका सहमतिका मुख्य प्रावधान पूरा गर्न सकेको छैन ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै