• २०८१ बैशाख १४ शुक्रबार

एक शब्दका कारण बियोन्सेको गीत परिवर्तन हुने

kharibot

काठमाडौँ । अमेरिकी पप गायिका बियोन्सेको सातौं स्टुडियो एल्बम ‘रेनेसान्स’ गत महिनादेखि नै चर्चाको विषय बनेको छ । तर ‘हिटेड’ गीतको एक शब्दलाई लिएर सामाजिक सञ्जालमा धेरैले बियोन्सलाई ट्रोल गरिरहेका छन् ।

गीतका शब्दहरू 'स्पाउज' र 'स्पोजिङ' छन्, जुन अपाङ्गता भएकाहरूका लागि आपत्तिजनक शब्द मानिन्छ । यो मस्तिष्क पक्षाघातबाट पीडित व्यक्तिहरूको लागि प्रयोग गरिन्छ । मस्तिष्क र स्नायु प्रणालीलाई असर गर्ने धेरै न्यूरोलोजिकल अवस्थाहरूलाई सेरेब्रल पाल्सी भनिन्छ ।

बियोन्सेको टिमको तर्फबाट बयान जारी गर्दै शब्द परिवर्तन बताइएको छ । 

बियोन्सेको गीतको शब्द वरिपरि विवाद पछि, उनको टोलीले एक विज्ञप्ति जारी गर्दै भनेको छ- 'त्यो शब्द जानाजानी प्रयोग गरिएको थिएन । त्यो शब्द अब परिवर्तन हुनेछ ।'

यो गीतको सामाजिक सञ्जालमा चर्को आलोचना भएको थियो । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै