• २०८१ बैशाख १५ शनिबार

टम क्रुजको रसियन सोसलाइट खायरोभासँग ब्रेक अप

kharibot

काठमाडौँ । हलिउड अभिनेता टम क्रुजको २५ वर्ष कान्छी रसियन सोसलाइट एल्सिना खायरोभाको ब्रेक अप भएको छ । 

गत डिसेम्बरमा मात्र टमको एल्सिनासँग रिलेसनसिप रहेको विषय बाहिर आएको थियो । छोटो समयमा नै दुवैको ब्रेकअप भएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । 

एल्सिनाका यसअघि नै दुई बच्चा रहेका छन् ।

उनीहरुको रिलेसनसिपको खबरसँगै ६१ बर्षिय टम क्रुज एल्सिनाको अपार्टमेन्टमा बस्ने गरेको समेत बताइएको थियो ।  

टम क्रुज तीन बच्चाका पिता हुन् । अभिनेताले यस अघि तीन पटक विवाह गरिसकेका छन् । टमले पहिलो पटक १९८७ मा मिमी रोजर्ससँग विवाह गरेका थिए र १९९० मा जोडी अलग भएको थियो । यसपछि निकोल किडम्यानले टमको जीवनमा प्रवेश गरिन् तर सन् २००१ मा दुवै अलग भए । लगभग पाँच वर्ष पछि २००६ मा टमले केटी होम्ससँग विवाह गरे र उनको तेस्रो विवाह पनि असफल भयो । उनीहरुको २०१२ जुनमा डिभोर्स भएको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै